Savar.tk

Savar.tk

हराएकी महिला कर्मचारी अचेत अवस्थामा जङ्गलमा

कार्यालयमा काम गरिरहेकी एक कर्मचारी तीन दिनपछि जङ्गलमा अर्धचेत अवस्थामा फेला परेकी छिन्। तराई तथा शिवालिकका लागि जैविक विविधता क्षेत्र कार्यक्रमको हेटौँडामा रहेको कार्यालयमा कार्यरत् लेखापाल नेहा राजभण्डारी शनिबार दिउँसो मकवानपुरगढी गाविसको मनकामना मन्दिर नजिकै जङ्गलमा फेला परेकी हुन्। Read more »

December 26, 2009 Posted by | समाज | 1 Comment

हत्यामा संलग्न भएको आरोपमा दुई नेतासहित तीन पक्राउ

दुई साताअघि सुनसरीको सिमरिया–१ स्थित इवीआइभी इँटाभट्टाका सुरक्षा गार्डको हत्यामा संलग्न भएको आरोपमा सत्तारुढ दलका दुई नेतासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। Read more »

December 26, 2009 Posted by | समाज | Leave a Comment

टीका विष्टलाई कसले आक्रमण गर्‍यो?

रुकुमकी पत्रकार टीका विष्टमाथि भएको आक्रमणबारे निकै चर्चापरिचर्चा र बहस भयो। विष्टले माओवादीको कडा आलोचना गरी लेख लेखेको र त्यसलगत्तै धम्की आउन थालेको बताएकी कारण यो घटनामा माओवादी संलग्न भएको शंका सबैले गरे। नेपाल पत्रकार महासंघले यो घटनासम्बन्धमा छानबिन गर्न एउटा टोली पठाएको थियो। टोलीले आक्रमण सुनियोजित भएको बताएको छ। माओवादीले पनि यससम्बन्धमा छानबिन गर्न एउटा टोली बनाएको थियो। त्यसमा पनि यो आक्रमण सुनियोजित नै भनिएको छ। तर ‘सुनियोजित’ योजना बनाउने काम कसले गर्‍यो, त्यसबारे भने फरक मत छ। यहाँ हामीलाई प्राप्त एउटा छानबिन टोलीको प्रतिवेदन जस्ताको तस्तै। Read more »

December 26, 2009 Posted by | राजनीति, समाज | Leave a Comment

जिबन

-कृष्ण योञ्नजन

कथा नै कथा अल्झिएको मेरो जिबन
कहिले समापन हुने हो थाहा छैन !
व्यथा नै व्यथामा रूमलिएको मन
कहिले निको हुने हो ? मिति नै छैन । Read more »

December 25, 2009 Posted by | साहित्य | 1 Comment

सदनसमक्ष नयाँ प्रस्ताव

नागरिक सर्वोच्चता स्थापना र राष्ट्रिय स्वाधीनताको रक्षाका लागि एकीकृत नेकपा (माओवादी)ले सदनसमक्ष नयाँ प्रस्ताव राखेको छ । प्रधानसेनापति प्रकरणमा राष्ट्रपतिले आधारातमा असंवैधानिक कदम चालेपछि त्यसको विरोध र नागरिक सर्वोच्चताको माग गर्दै श्रावण २३ गतेदेखि लगातार सदन अवरुद्ध गर्दै आएको माओवादीले एकतर्फी रूपमा अवरुद्ध सदन खोलिदिएपछि बिहीबार बसेको बैठकको सुरुमै माओवादी अध्यक्ष प्रचण्डले यो सहमतिको नयाँ प्रस्ताव गर्नुभएको हो । Read more »

December 25, 2009 Posted by | राजनीति | Leave a Comment

एक किमि यात्रा गर्न हेलिकोप्टर प्रयोग गर्छन हाम्रा पम

एकीकृत माओवादीको कालो झण्डा छल्न प्रधानमन्त्री माधव नेपाल एक किलोमिटर दूरीमा समेत हेलिकोप्टरको प्रयोग गरेका छन् । बिहीबार बुटवलमा आयोजित दुई कार्यक्रममा सहभागी हुन उनले केही मिनेटको स्थल मार्ग छाडेर हवाई मार्ग रोजेका हुन ।क्याविनेट बैठक सकिए लगत्तै बुटवलतर्फ लागेका प्रधानमन्त्री नेपाल साढे १२ बजेतिर बुटवलमा ओर्लेका थिए । बुटवलको गोलपार्कमा निर्माण गरिएको मनमोहन अधिकारीको शालिक अनावरण गर्न उनी सो स्थान पुगेका थिए । Read more »

December 25, 2009 Posted by | राजनीति | Leave a Comment

माओवादी प्रेस-वक्तव्य

सम्पूर्ण देशभक्त, गणतान्त्रिक र वामपन्थी शक्तिहरू एक होऔं!
संयुक्त राष्ट्रिय जनआन्दोलन, नेपाल
केन्द्रीय समिति
United National People’s Movement, Nepal
Central Committee

प्रेस-वक्तव्य
राष्ट्रपतिको असंवैधानिक कदमको खारेजी, नागरिक सर्वोच्चताको बहाली लगायतका माग राखी संयुक्त राष्ट्रिय जनआन्दोलन, नेपालको नेतृत्वमा जारी तेस्रो चरणको सङ्घर्षको उत्कर्षको रूपमा आ≈वान गरिएको तीनदिने आमहडतालको पहिलो दिन आज देशैभरिका जनसमुदायको सहभागितामा आमहडताल शानदार ढङ्गले सम्पन्न भएको छ। Read more »

December 20, 2009 Posted by | राजनीति | Leave a Comment

Follow

Get every new post delivered to your Inbox.