Savar.tk

Savar.tk

हराएकी महिला कर्मचारी अचेत अवस्थामा जङ्गलमा

कार्यालयमा काम गरिरहेकी एक कर्मचारी तीन दिनपछि जङ्गलमा अर्धचेत अवस्थामा फेला परेकी छिन्। तराई तथा शिवालिकका लागि जैविक विविधता क्षेत्र कार्यक्रमको हेटौँडामा रहेको कार्यालयमा कार्यरत् लेखापाल नेहा राजभण्डारी शनिबार दिउँसो मकवानपुरगढी गाविसको मनकामना मन्दिर नजिकै जङ्गलमा फेला परेकी हुन्। उनलाई कार्यालयका कर्मचारी र परिवारका सदस्यले खोजतलासका क्रममा फेला पारेका हुन्। फेला पारिएको स्थान उक्त कार्यालयभन्दा करिब एक घण्टाको उकालोमा पर्दछ।

यही पुस ९ गते कार्यालयको कामका लागि बिहान ७ बजे कार्यालयमा आइपुगेकी नेहा बिहान ८ बजे कार्यालयबाट अचानक बेपत्ता भएकी थिइन्।

आफ्नो टेबलको कम्प्युटर खुलै रहेको, झोला र मोबाइल फोनसमेत टेबलमा नै खुलै रहेको र नेहा कार्यालयमा दिउँसोसम्म नफर्केपछि कार्यालयका कर्मचारीले उनको घरपरिवार र चिनेजानेका मानिसमा खबर गरेका थिए।

अवस्था अर्धचेत रहेकाले उनी अपहरणमा परेको अनुमान गरिएको छ।
- रासस

Advertisement

December 26, 2009 - Posted by | समाज

1 Comment »

  1. why not updating site??

    Comment by Ishwor | January 10, 2010 | Reply


Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Follow

Get every new post delivered to your Inbox.